नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङमा पठाउने निर्णय गरेका हुन् । विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् ।
विराटनगर किंग्सले आफ्नो पहिलो रोजाइको टोलीमा कुनै परिवर्तन गरेको छैन । यता काठमान्डु गोर्खाजले भने पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गरेको छ ।
मोहम्मद आदिल आलम, रिपोन मन्डोल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेले काठमान्डुको पहिलो रोजाइमा स्थान पाएका छन् ।






