काठमाडौं । दशैँ बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
दशैँ बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य घटेपछि आइतबार बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ।





