मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउमा उछाल: तोलामा १,६०० रुपैयाँ वृद्धि, चाँदी भने ओरालो

स
समाचार कक्ष
२०२६ अप्रिल २१
13
0
सुनको भाउमा उछाल: तोलामा १,६०० रुपैयाँ वृद्धि, चाँदी भने ओरालो
सारांश
काठमाडौंमा मंगलबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय ...

काठमाडौंमा मंगलबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार यसको मूल्य २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दिनहरूमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो भई ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १९० रुपैयाँ थियो भने गत मंगलबार ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार