इरानको राजधानी तेहरानस्थित व्यस्त तजरिश स्क्वायरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नक्कली जेलभित्र राखिएको दृश्य सार्वजनिक रूपमा प्रदर्शन गरिएको छ। एक कलाकारले ट्रम्पको भूमिकामा अभिनय गरेको उक्त दृश्य बिलबोर्डको अंशका रूपमा राखिएको हो।
प्रदर्शनमा राखिएको दृश्यसँगै “यो दृश्य नहेर्नु अपराध हो” भन्ने सन्देश पनि लेखिएको छ। उपलब्ध विवरणअनुसार, इरान सरकारले नै उक्त भिडियो निर्माण गरेर सार्वजनिक स्थानमा प्रदर्शनमा राखेको हो।
इरानले आफ्नो कूटनीतिक अडान कडा बनाइरहेका बेला सार्वजनिक गरिएको यो प्रदर्शनलाई अमेरिकाप्रति इरानको राजनीतिक सन्देशका रूपमा हेरिएको छ।






