सुनको मूल्य लगातार घट्ने क्रममा बुधबार तोलामा २ हजार ७ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। आइतबार भने सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँ घटेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ३५५ रुपैयाँ र आइतबार ४ हजार ४४० रुपैयाँ थियो।






