स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।






