मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दशैं बिदा सकिएसँगै काठमाडौं फर्किनेको चाप बढ्यो, उपत्यकामा चहलपहल फर्कियो (तस्वीरहरू)

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
51
0
दशैं बिदा सकिएसँगै काठमाडौं फर्किनेको चाप बढ्यो, उपत्यकामा चहलपहल फर्कियो (तस्वीरहरू)
सारांश

दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ। दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि काठमाडौं ...

दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ। दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि काठमाडौं भित्रिने यात्रु तथा सवारीसाधनको चाप बढेको छ।

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगासहित कलंकी, बालाजु, कोटेश्वर र बल्खु क्षेत्रमा यात्रु तथा सवारीसाधनको चहलपहल बढेको छ। नयाँ बसपार्क क्षेत्रमा पनि यात्रु र सवारीसाधनको भिडभाड देखिएको छ।

दशैंका बेला अधिकांश मानिस गाउँ फर्किएपछि सुनसान बनेको काठमाडौं उपत्यकामा अहिले पुनः चहलपहल बढ्न थालेको छ। सडकमा सवारीसाधनको आवागमन बढ्नुका साथै सार्वजनिक यातायात र बजार क्षेत्रमा पनि गतिविधि सामान्य अवस्थामा फर्किन थालेका छन्। अधिकांश बजार तथा पसलसमेत खुलिसकेका छन्।

कलंकीको सडकमा देखिएका केही दृश्यहरु :

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार