मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम साढे ३ अर्ब ७४ करोड

admin
admin
3 दिन अगाडि
27
0
सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम साढे ३ अर्ब ७४ करोड
सारांश

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६.३८ अंकले घटेर २,५७२.३४ विन्दुमा बन्द भएको छ।

बजारमा आज कारोबार भने उच्च रह्यो। दिनभर ३ अर्ब...

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६.३८ अंकले घटेर २,५७२.३४ विन्दुमा बन्द भएको छ।

बजारमा आज कारोबार भने उच्च रह्यो। दिनभर ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल ३९ हजार ४६६ कारोबारमार्फत ३५९ वटा स्क्रिप्टको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज १६७ कम्पनीको शेयर मूल्य घट्दा १०० कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारमा घलेम्दी हाइड्रोपावर सर्वाधिक कमाउने कम्पनी बनेको छ। यसको शेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार