मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

M
Mero Nepal TV
1 घण्टा अगाडि
84
1
थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग
सारांश

काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित कुकुर ‘अलोका’ सहित काठमाडौंको बौद्ध पुगेका छन्। उनीहरूले रसुवाको स्याफ्...

काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित कुकुर ‘अलोका’ सहित काठमाडौंको बौद्ध पुगेका छन्। उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन्।

यसैबीच, काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्टले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बौद्धमा आयोजित कार्यक्रममा गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङलगायतको उपस्थिति थियो।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले प्रदान गरिएको यस आर्थिक सहयोगले विपद् व्यवस्थापनका प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार