मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

सरकार स्वेच्छाचारी भयो, संविधान र कानुनको बेवास्ता गर्‍यो : प्रदीप पौडेल

meronepaltv
meronepaltv
3 दिन अगाडि
75
0
सरकार स्वेच्छाचारी भयो, संविधान र कानुनको बेवास्ता गर्‍यो : प्रदीप पौडेल
सारांश

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी बनेको आरोप लगाएका छन्। कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै उनले सरकारले ...

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी बनेको आरोप लगाएका छन्। कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताएका हुन्।

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको पौडेलको भनाइ थियो। सिंहदरबारमा जारी बैठकमा सहभागी स्रोतका अनुसार उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “सरकार स्वेच्छाचारी भयो। संविधान र कानुनको बेवास्ता गरियो।”

महामन्त्री पौडेलले अन्य प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा पनि राखेका छन्। उनले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आह्वानको माग गर्न पार्टीलाई सुझाव दिएका छन्।

अदालतमा सेटिङ प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने पौडेलको माग छ। सरकारबाट निष्पक्ष छानबिन हुनेमा विश्वास नरहेको भन्दै उनले प्रतिपक्षी, संसद्, जनता र प्रेसमाथि हेपाहा व्यवहार तथा ज्यादती बढेको आरोप लगाएका छन्।

कांग्रेस संसदीय दलको बैठक जारी छ। महामन्त्री पौडेलले आफ्नो धारणा राखेर बैठकबाट बाहिरिसकेका छन्।

प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार