नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बैठक बसेको हो।
प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ।
पछिल्लो समय पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने घटनाप्रति विभिन्न क्षेत्रबाट विरोध भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बसेको हो। बैठकमा महामन्त्री प्रदीप पौडेल पनि सहभागी छन्।






