मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

महाअभियोगबारे सत्तापक्षको तयारी हेरेर प्रतिपक्षले धारणा बनाउने : आङ्देम्बे

meronepaltv
meronepaltv
2 दिन अगाडि
84
0
 महाअभियोगबारे सत्तापक्षको तयारी हेरेर प्रतिपक्षले धारणा बनाउने : आङ्देम्बे
सारांश

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगका विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो ध...

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगका विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो लागिनसकेको बताएका हुन्। सत्तापक्षले विषयलाई कसरी अघि बढाउँछ भन्ने कुरा आफूहरूले हेरिरहेको उनको भनाइ छ।

आङ्देम्बेले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत रूपमा पर्याप्त छलफल हुनुपर्नेमा जोड दिएका छन्। पार्टीले एउटा धारणा राख्ने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था आए त्यसको अर्थ नहुने उनले बताए।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ कि छैन भन्ने विषयमा पनि आफूहरू स्पष्ट नरहेको आङ्देम्बेले बताएका छन्।

उनका अनुसार महाअभियोगजस्तो महत्वपूर्ण विषयमा संसद्मा रहेका दलहरूले कसरी चासो व्यक्त गर्छन् र संसद्ले त्यसलाई कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

रास्वपा विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गर्ने उनले बताए। साझा धारणा बनेपछि राम्रा कामका लागि प्रतिपक्षी दलहरूले सहयोग गर्ने उनको भनाइ छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार