मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

meronepaltv
meronepaltv
3 दिन अगाडि
53
0
 प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ
सारांश

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पत्रकारमाथि सरकारले गरेको धरपकडप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ग...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पत्रकारमाथि सरकारले गरेको धरपकडप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाइने भन्दै सरकारलाई चेतावनी दिएका हुन्।

अध्यक्ष साम्पाङले पत्रकारको पक्षमा रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रतामाथि जथाभावी धावा बोल्न नपाइने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “पत्रकारको पक्षमा छौँ हामी । जथाभावी प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन । प्रेसलाई छुनु नै सिद्धिनु हो ।”

उनको अभिव्यक्ति पत्रकारमाथि भइरहेको धरपकड र प्रेस स्वतन्त्रतासम्बन्धी बहसका बीच आएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार