मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

कर्णाली याक्समा बंगलादेशी युवा ब्याटर जिशन अलाम अनुबन्ध

meronepaltv
meronepaltv
3 दिन अगाडि
64
0
 कर्णाली याक्समा बंगलादेशी युवा ब्याटर जिशन अलाम अनुबन्ध
सारांश

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। कर्णाली याक्स स्...

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टिममा भित्र्याइएको जानकारी दिएका हुन्।

अध्यक्ष घिमिरेले जिशनको आगमनले टोलीको शीर्षक्रम थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय राम्रो लयमा रहेका कारण उनलाई अनुबन्ध गरिएको उनले बताए।

२१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यू–१९ टोली हुँदै ‘ए’ टोलीबाट खेलिसकेका छन्। उनले बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारिअर्स र दुरबार राजशाहीबाट पनि खेलेका छन्। लिस्ट ‘ए’ क्रिकेटमा ४९ खेल खेल्दै उनले १ हजार २९५ रन बनाएका छन् भने २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७१ रन बनाएका छन्।

अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० शृंखलामा नेपालविरुद्ध जिशनले अविजित ५२ रन बनाएका थिए। बंगलादेशले उक्त खेलमा ९ विकेटको जित निकाल्दा उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए। सोही खेलमा कर्णाली याक्सका अरिफुल इस्लामले पनि ३४ रन बनाएका थिए।

जिशन कर्णाली याक्समा अनुबन्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा आबद्ध भइसकेका छन्। उनीहरू टोलीमा रहेकाले जिशनलाई नेपालको वातावरणमा खेल्न सहज हुने अध्यक्ष घिमिरेको भनाइ छ।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा जिशन उपलब्ध हुनेछन्। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुवात गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार