मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

जनकपुरको बलिङसामु काठमाडौं गोर्खाज ११५ रनमै अलआउट, राहुल यादवले लिए ४ विकेट

meronepaltv
meronepaltv
6 दिन अगाडि
69
0
जनकपुरको बलिङसामु काठमाडौं गोर्खाज ११५ रनमै अलआउट, राहुल यादवले लिए ४ विकेट
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा काठमाडौं गोर्खाज ११५ रनमै समेटिएको छ। त्रिवि क्रि...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा काठमाडौं गोर्खाज ११५ रनमै समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो।

काठमाडौंलाई कम योगफलमा रोक्न जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र पटेलसँगै कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे।

जनकपुरका सैफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे।

ब्याटिङमा काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन बनाए।

काठमाडौंले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। टोलीले ६ रन हुँदा ओपनर साम हिजलेटलाई गुमायो भने १९ रन पुग्दा हरिशंकर शाह आउट भए। सामले एक र हरिशंकरले नौ रन बनाए।

त्यसपछि पनि काठमाडौंको ब्याटिङ सम्हालिन सकेन। कप्तान करण केसी आठ, जहानदाद खान पाँच र रिपोन मोन्डल नौ रनमा आउट भए। आदिल आलम पहिलो बलमै आउट हुँदा शाहब आलम चार रनमा अविजित रहे।

काठमाडौंका स्टार विदेशी खेलाडी डेभिड वार्नर भने पहिलो खेलमा अनुपस्थित छन्। उनी आइतबार मात्रै नेपाल आइपुग्ने बताइएको छ। काठमाडौंले यस खेलमा रिपोन मोन्डल र जहानदाद खानलाई मैदानमा उतारेको छ। जनकपुरले भने यसअघि खेलेका जिमी नीशमलाई यस खेलमा बेन्चमा राखेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार