मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

एनपिएलमा आज आन्द्रे रसेलको डेब्यु

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
78
0
 एनपिएलमा आज आन्द्रे रसेलको डेब्यु
सारांश

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा द...

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल विराटनगरका लागि मैदान उत्रँदैछन्।

टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवन राइनोजले ब्याटिङ गर्नेछ।

आजको खेलमा चितवनको कप्तानी परिवर्तन भएको छ। नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नपरेपछि इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टोलीको नेतृत्व गर्ने भएका छन्।

विराटनगरको प्लेइङ–११ मा रसेलसँगै श्रीलंकाका चरिथ असलंका र एन्जेलो म्याथ्युज छन्। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्। रसेलको आक्रामक ब्याटिङ र प्रभावकारी बलिङले विराटनगरको प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने चासो छ।

यता, चितवनको टोलीमा इंग्ल्यान्डका डेविड मलान, अर्जुन साउद र देव खनाल छन्। बोपारासहित ड्यान माउस्ली र टम टेलरले पनि चितवनको टोली सम्हाल्नेछन्।

स्टार खेलाडीले भरिएको विराटनगर र कप्तानी परिवर्तनसहित मैदानमा उत्रिएको चितवनबीचको खेललाई एनपिएलको आजको महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार