मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

एनपीएलमा चितवनका चारै विदेशी खेलाडी इंग्ल्यान्डका

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
83
0
 एनपीएलमा चितवनका चारै विदेशी खेलाडी इंग्ल्यान्डका
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत विराटनगर किंग्सविरुद्धको पहिलो खेलमा चितवन राइनोजले चारै विदेशी खेलाडी इंग्ल्यान्डबाट मैदानमा उत...

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत विराटनगर किंग्सविरुद्धको पहिलो खेलमा चितवन राइनोजले चारै विदेशी खेलाडी इंग्ल्यान्डबाट मैदानमा उतारेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन्। उनी यसअघि नै नेपाल आइसकेका थिए भने अन्य तीन खेलाडी डेविड मलान, डान मोस्ली र टम टेलर पछिल्लो समय नेपाल आइपुगेका हुन्।

चितवनले यसअघि पाकिस्तानका तीन खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई टोलीमा अनुबन्ध गरेको थियो। तर, एनओसीसम्बन्धी कारणले उनीहरूले एनपीएल खेल्न नपाउने भएपछि चितवनले वैकल्पिक विदेशी खेलाडी अनुबन्ध गरेको हो।

त्यसपछि चितवनले अघिल्लो सिजन पनि खेलेका डेविड मलानसहित डान मोस्ली र टम टेलरलाई टोलीमा समावेश गरेको छ। यससँगै विराटनगरविरुद्ध चितवनको विदेशी खेलाडीको पूरा समूह इंग्ल्यान्डका खेलाडीबाट बनेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार