मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

डविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
86
0
डविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले...

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। ५१ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका प्रहार गरे। उनको अर्धशतक एनपीएल सिजन–३ को पहिलो अर्धशतक हो।

मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले पहिलो विकेट लिएका थिए।

विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए। उनलाई एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेले क्याच गरेका थिए।

१३औँ ओभरमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। बोपारा ३२ र मोस्ली २९ रनमा नटआउट रहे।

अब विराटनगर किंग्सले जितका लागि १५८ रन बनाउनुपर्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार