मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ घट्यो

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
73
0
 सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ घट्यो
सारांश

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैया...

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ। बुधबार तीन हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तीन हजार ९३० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको विवरणमा उल्लेख छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार