नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






