मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
सूचना-प्रविधि

वर्ल्डलिंकले सार्वजनिक गर्‍यो नयाँ वाईफाई ६ प्रविधि, चार गुणासम्म छिटो इन्टरनेटको दाबी

meronepaltv
meronepaltv
6 दिन अगाडि
80
0
वर्ल्डलिंकले सार्वजनिक गर्‍यो नयाँ वाईफाई ६ प्रविधि, चार गुणासम्म छिटो इन्टरनेटको दाबी
सारांश

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वायरलेस इन्टरनेट प्रविधि ‘वाईफाई ६’ सार्वजनिक गरेको छ...

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वायरलेस इन्टरनेट प्रविधि ‘वाईफाई ६’ सार्वजनिक गरेको छ। काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा आयोजित विशेष समारोहबीच कम्पनीले उक्त प्रविधिको औपचारिक शुभारम्भ गरेको हो।

कम्पनीका अनुसार वाईफाई ६ ले हाल प्रचलित वाईफाई ५ को तुलनामा ४० प्रतिशतसम्म बढी कभरेज र चार गुणासम्म तीव्र गति प्रदान गर्न सक्छ। यस प्रविधिले घरदेखि कार्यालयसम्म इन्टरनेट प्रयोगलाई अझ सहज, स्थिर र भरपर्दो बनाउने कम्पनीको दाबी छ।

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नयाँ प्रविधिको उद्घाटन गर्दै वाईफाई ६ नेपाललाई स्मार्ट, छरितो र प्रभावकारी डिजिटल युगतर्फ अघि बढाउने महत्त्वपूर्ण कदम भएको बताए। उनले वर्ल्डलिंकले ग्राहक सन्तुष्टि र प्रविधिगत नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।

सन् १९९५ मा आफू अमेरिका अध्ययनरत रहँदा स्थापना गरेको कम्पनीले अहिले नयाँ पुस्ताको वाईफाई प्रविधि सार्वजनिक गर्न सफल भएकोमा अग्रवालले खुसी व्यक्त गरे।

कार्यक्रममा नोकियाका प्रतिनिधिले विश्व बजारमा वाईफाई ६ प्रविधिको प्रभावबारे जानकारी दिँदै नेपालमा वर्ल्डलिंक र नोकियाबीचको सहकार्यले अन्तर्राष्ट्रियस्तरको इन्टरनेट सेवा विस्तारमा योगदान पुर्‍याउने बताए।

नयाँ प्रविधिको आगमनसँगै नेपालमा तीव्र, स्थिर र प्रभावकारी इन्टरनेट सेवाको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार