मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
पर्यटन

विपद् जोखिम न्यूनीकरण र पर्वतीय अर्थतन्त्र विकासमा नेपाल–एआईटी सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

meronepaltv
meronepaltv
6 दिन अगाडि
98
0
 विपद् जोखिम न्यूनीकरण र पर्वतीय अर्थतन्त्र विकासमा नेपाल–एआईटी सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ
सारांश

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधा...

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण र पर्वतीय अर्थतन्त्रको विकासका लागि नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बीच व्यावहारिक सहकार्य आवश्यक रहेको बताएका छन्।

थाइल्यान्डस्थित नेपाली राजदूतावास र एआईटीको संयुक्त आयोजनामा बैंककमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवर्द्धन : नेपालमा उत्थानशील पुनर्स्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीमा जलवायु परिवर्तनका प्रभावसँग जुध्न अनुसन्धान, प्रविधि र संस्थागत साझेदारीको महत्त्वमा जोड दिइएको थियो।

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का जोखिम न्यूनीकरणसँगै सुरक्षित र दिगो पूर्वाधार निर्माण तथा पर्वतीय क्षेत्रको आर्थिक सम्भावनालाई उपयोग गर्न नेपाल र एआईटीबीचको सहकार्य प्रभावकारी हुनुपर्ने धारणा राखेका छन्।

जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा विपद्को जोखिम बढिरहेका बेला अनुसन्धान र नवप्रवर्तनमा आधारित सहकार्यले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई थप उत्थानशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार