मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
मनोरञ्जन

काठमाडौँमा तीनदिने फिल्म फेस्टिभल हुँदै

meronepaltv
meronepaltv
6 दिन अगाडि
85
0
काठमाडौँमा तीनदिने फिल्म फेस्टिभल हुँदै
सारांश

काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि आइतबारसम्म ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै ...

काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि आइतबारसम्म ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला र अनुभव हस्तान्तरण गर्ने तथा काठमाडौँभित्र अझै बाहिर आउन नसकेका कथाहरूको खोजी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महोत्सवमा भारतीय अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद र मास्टर क्लासलगायत कार्यक्रम समावेश गरिएका छन्।

महोत्सवको दोस्रो दिन नेपाल पर्यटन बोर्डमा अभिनेत्री शवाना आजमीको सहभागितामा ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयमा अन्तरसंवाद हुनेछ। सोही दिन दीप्ति डीकुन्हाको सहभागितामा ‘सिर्जनात्मक सहरहरूको प्रवर्धनका लागि फिल्म र महोत्सव’ विषयमा छलफल आयोजना गरिनेछ।

त्यस्तै, राष्ट्रिय सभा गृहमा जापानी निर्देशक ताकायुकी नाकामुराले ‘यागामाता युनेस्को फिल्म सिटी सर्ट्स’बारे परिचयात्मक प्रस्तुति दिने कार्यक्रम छ।

कार्तिक १५ गते नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्। साथै, ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा विशेष प्यानल छलफलसमेत हुनेछ।

महोत्सवले नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था र सम्भावनाबारे बहस अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

रील क्याप्सन:

काठमाडौँ महानगरपालिकाले तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। महोत्सवमा अभिनेत्री शवाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुनेछन्। पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद र मास्टर क्लास महोत्सवका मुख्य आकर्षण रहनेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार