प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ११८ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ९९ जना, भक्तपुरमा १७ जना र ललितपुरमा दुई जना नियन्त्रणमा लिइएका हुन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको छ।
यस्तै, सोही अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने दुई जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र रातो बत्ती उल्लंघन गर्ने २१ जना रहेका छन्। बाँकी चालकलाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।






