मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एनपिएलका लागि सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका फेबियन एलेन अनुबन्ध

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
49
0
एनपिएलका लागि सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका फेबियन एलेन अनुबन्ध
सारांश

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ। टोलीले आइ...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ। टोलीले आइतबार एलेनलाई अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काका अनुसार एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। अनुभवी टी–२० खेलाडी एलेनको अलराउन्ड प्रदर्शनबाट टोलीले फाइदा लिने विश्वास उनले व्यक्त गरेका छन्।

३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन्। उनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

यसअघि सुदूरपश्चिम रोयल्सले शनिबार वेस्ट इन्डिजकै अर्का खेलाडी शेरफेन रदरफोर्डलाई पनि टोलीमा अनुबन्ध गरेको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार