मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

झापामा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी, एक जना घाइते

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
51
0
झापामा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी, एक जना घाइते
सारांश

झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी भएको छ। आइ...

झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी भएको छ। आइतबार राति करिब साढे ७ बजे भएको घटनामा एक जना घाइते भएका छन्।

कम्पनीको जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ। ट्यांकीमा करिब ९ हजार ५०० लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।

आगलागीमा परी टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। घटनाका कारण टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन्।

घटनालगत्तै स्थानीय प्रहरी, शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीले आगो फैलिन नदिन प्रयास गरेका थिए। प्रहरीका अनुसार आगो सोमबार बिहान साढे ५ बजे मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

विस्फोटको कारण र कुल क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार