मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

विराटनगरका ‘पिजफायर’ सञ्चालक मनोज खत्री केराबारीको जंगलमा मृत फेला

M
Mero Nepal Tv
59 मिनेट अगाडि
60
0
विराटनगरका ‘पिजफायर’ सञ्चालक मनोज खत्री केराबारीको जंगलमा मृत फेला
सारांश

विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

ज...

विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार खत्री शनिबार अपराह्न जंगलको बीचमा रहेको रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।

प्रहरीका अनुसार खत्री कहिलेकाहीँ केराबारीसम्म पुग्ने गरेको खुलेको छ। उनको मृत्युको यकिन कारण भने खुल्न बाँकी छ। परिवारका सदस्य भारतमा रहेका बेला शव फेला परेको र शनिबार राति आफन्तले उनको पहिचान गरेको प्रहरीले जनाएको छ।

लामो समय विदेशमा रोजगारी गरेर स्वदेश फर्किएका खत्रीले विराटनगरको सेन्ट्रल मलबाट ‘पिजफायर’ सञ्चालन सुरु गरेका थिए। त्यसपछि काठमाडौं र मोरङको विराटचोकमा पनि शाखा विस्तार गरेका थिए। पछिल्लो समय उनी विराटनगरको पिपल चोक र गोल्छा चोकमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।

विराटनगरमा आधुनिक पिज्जा संस्कृतिको विकास र लोकप्रियतामा खत्रीको योगदान रहेको स्थानीय व्यवसायीहरूले बताएका छन्। उनको मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार