- by समाचार कक्ष
- Jul 09, 2025
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा १ सय ३५ रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातु (चाँदी) प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।