Friday, July 17, 2026

इरानको युएई र कतारमा हवाई आक्रमण, दुवै देशमा उच्च सुरक्षा सतर्कता


काठमाडौं, २८ असार — इरानले संयुक्त अरब इमिरेट्स (युएई) र कतारलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। घटनापछि दुवै देशले सुरक्षा सतर्कता उच्च बनाउँदै हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेका छन्।

युएईले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई बीचमै निष्क्रिय पार्न हवाई प्रतिरक्षा प्रणाली परिचालन गरिएको जनाएको छ। युएईको रक्षा मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन्। ती विस्फोट प्रतिरक्षा प्रणालीले आकाशमै मिसाइल र ड्रोन अवरोध गर्ने क्रममा आएको अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उता, कतारले पनि सुरक्षा जोखिम बढेको जनाउँदै देशभर उच्च सतर्कता अपनाएको छ। गृह मन्त्रालयले मोबाइलमार्फत आपतकालीन सन्देश पठाउँदै नागरिकलाई सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ।

स्थानीय समयअनुसार आइतबार बिहान करिब ५:३६ बजे कतारका बासिन्दाको मोबाइलमा आपतकालीन सुरक्षा सन्देश पठाइएको थियो। केही समयपछि गृह मन्त्रालयले अर्को सन्देश जारी गर्दै तत्कालका लागि सुरक्षा जोखिम हटेको जानकारी गराएको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like