- by समाचार कक्ष
- Jul 09, 2025
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए ।
उनका अनुसार १२ः २० बजे नेपाल टेलिभिजन र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ ।
अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र देशको वर्तमान आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।
राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष सुरु नभई असारको अन्तिम साता मौद्रिक नीति ल्याउन लागेको छ । मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने तयारी थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति ल्याउन लागेका हुन् ।