- by समाचार कक्ष
- Jul 09, 2025
९ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ, जुन कीर्तिमानी मूल्य हो।
एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
लगातारको उतार–चढावबीच आज सुनको मूल्यले ३ लाखको मनोवैज्ञानिक सीमा पार गर्नुले बजारमा चासो र चर्चा बढाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको आकर्षण तथा आन्तरिक मागका कारण सुनको मूल्यमा तीव्र वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।