Monday, March 2, 2026

नेपाली बजारमा सुनको नयाँ कीर्तिमान, तोलाको मूल्य ३ लाख ९ हजार नाघ्यो


१२ माघ, काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले इतिहासकै उच्च विन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो, जुन हालसम्मकै सर्वाधिक दर हो।

यसअघि आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार मात्रै सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको थियो।

गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा पुगेको थियो भने त्यसअघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले उकालो लागेको थियो।

यससँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ थियो भने शुक्रबार प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ कायम रहेको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर