अर्नब चक्रवातको प्रभावले वर्षा भइरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सामान्य रहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार (कात्तिक १३) बिहान ११:२५ बजे सूचना जारी गर्दै सडकमा यातायात सुचारु रहेको जनाएको हो।
कार्यालयका अनुसार वर्षाका कारण सडकखण्डमा पहिरो जान सक्ने जोखिम भने कायम छ। त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ।






