मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक प्रहरी नियन्त्रणमा

meronepaltv
meronepaltv
6 दिन अगाडि
73
0
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक प्रहरी नियन्त्रणमा
सारांश

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई भने प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ।

प्रहरी स्रोतले नियन्त्रणमा लिएर ल्याउन आदेश आएपछि सोहीअनुसार दुवै जनालाई प्रधानमन्त्री कार्यालयमा बुझाइएको जनाएको छ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयलाई लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हुन सक्ने आकलन गरिएको छ। उक्त आयोजनाको ठेक्का पटक–पटक लाग्ने र रद्द हुने क्रम चल्दै आएको छ।

यद्यपि, उनीहरूलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण र त्यसपछिको कानुनी प्रक्रिया सार्वजनिक भइसकेको छैन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार