मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

फेरिचेमा दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

M
Mero Nepal TV
2 दिन अगाडि
65
4
फेरिचेमा दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
सारांश

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरिचेमा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घा...

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरिचेमा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो भने फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर गोरक्षेपबाट फेरिचे पुगेको थियो। नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा दुवै हेलिकप्टर अवतरणका क्रममा ठोक्किएका हुन्।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले दुर्घटना अवतरणका क्रममा भएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा भारतको तमिलनाडुस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ। दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेमा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन्।

घाइते पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। एयर डाइनेस्टीका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार