मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ बन्द हुन्छ?

meronepaltv
meronepaltv
6 दिन अगाडि
78
0
काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ बन्द हुन्छ?
सारांश

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भए...

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्नुपर्ने भएकाले कात्तिक १३ देखि २० गतेसम्म सम्बन्धित क्षेत्रमा बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने जनाइएको छ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कुन दिन कुन क्षेत्रमा विद्युत् बन्द हुन्छ भन्ने विवरण यस्तो छ :

  • कात्तिक १३ गते : बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी।

  • कात्तिक १४ गते : सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म।

  • कात्तिक १५ गते : कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म।

  • कात्तिक १६ गते : बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म।

  • कात्तिक १७ गते : शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म।

  • कात्तिक १८ र २० गते : सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र।

  • कात्तिक १९ गते : स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्र।

प्राधिकरणका अनुसार मौसम प्रतिकूल भए निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्नेछ। भूमिगत विद्युत् लाइन विस्तारको कामका लागि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार