मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
83
0
 कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ
सारांश

कैलालीमा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाक...

कैलालीमा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन्। भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम ११० मिलिग्राम लागुऔषधसहित २१ वर्षीय दीपक बुढा र १७ वर्षीय एक किशोर पक्राउ परेका छन्। बुधबार साँझ मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित थप चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय एक किशोर र जोशीपुर–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन्।

प्रहरीले आठै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार