मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कैलालीमा भन्सार छलीको ९ लाख ६८ हजारको सामानसहित पिकअप बरामद

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
71
0
 कैलालीमा भन्सार छलीको ९ लाख ६८ हजारको सामानसहित पिकअप बरामद
सारांश

कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको सुर्ती तथा किराना सामानसहित पिकअप जिप बरामद गरेको छ। प्रहरीले जिपका चालकलाई समेत पक्राउ गर...

कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको सुर्ती तथा किराना सामानसहित पिकअप जिप बरामद गरेको छ। प्रहरीले जिपका चालकलाई समेत पक्राउ गरेको जनाएको छ।

मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा सामान बरामद भएको हो।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ का ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान फेला परेका थिए।

बरामद सामान र पिकअप जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार