मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

झापामा दाजुद्वारा भाइलाई छुरा प्रहार, आरोपी प्रहरी नियन्त्रणमा

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
118
0
 झापामा दाजुद्वारा भाइलाई छुरा प्रहार, आरोपी प्रहरी नियन्त्रणमा
सारांश

झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपु...

झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्ना ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि घटना भएको हो।

घटनामा घाइते बाबुलालको घाँटीमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। घटनालगत्तै फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार