गुल्मीको रेसुङ्गा नगरपालिका–४, सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय यमलाल गौतम रहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति करिब १० बजे घर जाने क्रममा गौतम गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेका थिए। उनलाई मृत अवस्थामा फेला पारिएको थियो।
घटनाबारे राति साढे १० बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल, तम्घास पठाएको छ।
गौतमको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






