मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले दिए अदालतमा बयान

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
71
0
 एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले दिए अदालतमा बयान
सारांश

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत ललि...

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत ललितपुरमा बयान दिएका छन्।

बुधबार अदालतमा उपस्थित भएका दुवै जनाको बयान सकिएको जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिएका छन्। उनका अनुसार अब मुद्दामा बहस सुरु हुनेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो।

यसअघि कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा छुटेका थिए। नेम्वाङ र राई भने बुधबारसम्म अदालतमा उपस्थित भएका थिएनन्। दुवै जना अदालतमा उपस्थित भएर बयान दिएसँगै अब मुद्दाको सुनुवाइ प्रक्रियाअघि बढ्ने भएको छ।

एन्फा, पंकजविक्रम नेम्वाङ, किरण राई, अखिल नेपाल फुटबल संघ, एन्फा विवाद, खेल मिलेमतो, ठगी मुद्दा, जिल्ला अदालत ललितपुर, नेपाली फुटबल, नेपाल खेलकुद, CIB Nepal, ANFA, Pankaj Bikram Nembang, Kiran Rai, Nepal Football, Match Fixing Case

साझा गर्नुहोस्:

सम्बन्धित समाचार