मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव हो : प्रधानमन्त्री शाह

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
67
0
एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव हो : प्रधानमन्त्री शाह
सारांश

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन्। आजदेखि सुरु हुन लागेको एनपिए...

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन्। आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणको सफलताको शुभकामना दिँदै उनले केही वर्षकै अन्तरालमा प्रतियोगिता देशकै भव्य र आकर्षक खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कमेन्टेटरहरूलाई स्वागत गरेका छन्।

उनले नेपाली खेलाडी, प्रतियोगिता आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना पनि व्यक्त गरेका छन्।

‘नेपाली क्रिकेट अमर रहोस्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार