प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बेलुका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन समारोहमा सहभागी हुनुका साथै प्रधानमन्त्री शाहले प्रतियोगिताको पहिलो खेलसमेत हेर्ने कार्यक्रम तय भएको छ।
एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
प्रधानमन्त्री शाहले यसअघि नै एनपीएलको तेस्रो संस्करणको सफलताको शुभकामना दिँदै प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कमेन्टेटरहरूलाई स्वागत गरेका छन्।






