मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एनपीएल एकताको सुन्दर सङ्गम हो : मन्त्री गौतम

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
87
0
एनपीएल एकताको सुन्दर सङ्गम हो : मन्त्री गौतम
सारांश

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेसँगै नेपाली क्रिकेटले नयाँ उच...

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोमा खुसी व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिँदै मन्त्री गौतमले मैदानमा जुनसुकै टोलीले जिते पनि अन्ततः नेपाली क्रिकेटकै जित हुने बताएकी छन्।

उनले लेखेकी छन्, “सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई हार्दिक शुभकामना ! मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ।”

मन्त्री गौतमका अनुसार सरकारले उचित वातावरण सिर्जना गरिदिए निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उदाहरण एनपीएल बनेको छ।

उनले नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभालाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभिने अवसर दिने एनपीएलले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र उनीहरूको सपनालाई नयाँ उडान दिने विश्वाससमेत व्यक्त गरेकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार