मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

धरानमा दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जना पक्राउ

meronepaltv
meronepaltv
3 दिन अगाडि
66
0
धरानमा दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जना पक्राउ
सारांश

धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार व...

धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियोमा लोड गरिएको २ क्विन्टल ९ किलो ४२० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।

प्रहरीले बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुई स्कार्पियोसमेत बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई गाँजा र सवारीसाधनसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार