मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

डोल्पामा सुरुङ खनेर भाग्ने ४ कैदी समातिए, ४ अझै फरार

meronepaltv
meronepaltv
1 दिन अगाडि
64
0
डोल्पामा सुरुङ खनेर भाग्ने ४ कैदी समातिए, ४ अझै फरार
सारांश

गएको शुक्रबार राति डोल्पा कारागारबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउ...

गएको शुक्रबार राति डोल्पा कारागारबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। परियार भने चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।

यसअघि प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई पक्राउ गरेको थियो। उनीहरू दुवै जबरजस्ती करणीसम्बन्धी मुद्दामा डोल्पा कारागारमा कैद भुक्तान गरिरहेका थिए।

गत शुक्रबार राति डोल्पा कारागारमा सुरुङ खनेर ८ जना कैदी फरार भएका थिए। फरार भएकामध्ये चार जना पक्राउ परिसकेका छन् भने अझै चार जना फरार रहेको प्रहरीले जनाएको छ।

रील क्याप्सन:

डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। रङ गाउँमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कारागारबाट फरार भएका ८ जनामध्ये ४ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार