मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दाङको हापुरे बजारमा कस्मेटिक पसलमा आगलागी

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
73
0
दाङको हापुरे बजारमा कस्मेटिक पसलमा आगलागी
सारांश

दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा आगलागी हुँदा एक कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी...

दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा आगलागी हुँदा एक कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार साँझ करिब ८ बजे आगलागी भएको हो।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। आगो लागेको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल घटनास्थलमा पुग्न नसक्दा पसलभित्रका सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

दमकल उपलब्ध नभएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीसहितको टोली घटनास्थलमा खटिए पनि आगो ठूलो भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो।

पसलमा भएको क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी छ।

पश्चिम दाङका चार पालिकामा दमकलको अभाव

स्थानीयका अनुसार तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चार पालिकामा हाल सञ्चालनयोग्य दमकल छैनन्। यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको दमकल २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको थियो। त्यसपछि उपमहानगरपालिकाले नयाँ दमकल खरिद गर्न सकेको छैन।

दमकलको अभावमा आगलागीका घटना हुँदा हापुरेबाट करिब ४६ किलोमिटर र तुलसीपुरबाट करिब २० किलोमिटर टाढा रहेको घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता छ। हापुरे बजारको घटनाले स्थानीय तहमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधारको अभावलाई फेरि उजागर गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार