मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘छिमेकीलाई गाली गरेर राजनीति गर्ने जमाना गए भन्दा कसरी देशविरुद्ध हुन्छ?’ : सांसद राजीव खत्री

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
93
0
 ‘छिमेकीलाई गाली गरेर राजनीति गर्ने जमाना गए भन्दा कसरी देशविरुद्ध हुन्छ?’ : सांसद राजीव खत्री
सारांश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले छिमेकी मुलुकलाई गाली गरेर राजनीति गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै अर्थमन्त्री...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले छिमेकी मुलुकलाई गाली गरेर राजनीति गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन्।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीको कार्यक्रममा अर्थमन्त्री वाग्लेले व्यक्त गरेको धारणालाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गरिरहेका बेला सांसद खत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

खत्रीले छिमेकीलाई गाली गरेर राजनीति गर्ने समय सकिएको भन्नु कसरी देशविरोधी हुन्छ भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रियता जोगाउने नाममा भारतलाई गाली गर्नुपर्ने हो भन्दै आलोचकहरूसमक्ष प्रतिप्रश्न गरेका छन्।

उनले विगतमा सत्तामा हुँदा भारतसँग झुक्ने र सत्ता बाहिर हुँदा भारतविरोधी अभिव्यक्ति दिने प्रवृत्तिलाई ‘नक्कली राष्ट्रवाद’ को संज्ञा दिएका छन्। साथै, भारतसँग नेपालको मित्रता राष्ट्रिय स्वाभिमान बन्धक नराखी अघि बढ्नुपर्ने धारणा राखेका छन्।

खत्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा प्रश्न उठाउनुपर्ने तथा असमान सन्धि पुनरावलोकनको माग गर्नुपर्ने उल्लेख गर्दै सत्तामा हुँदा र सत्ता बाहिर हुँदा राष्ट्रियतासम्बन्धी धारणा फरक हुन नहुने बताएका छन्।

उनले विगतमा भारतमा बसेर नेपालमा हिंसा मच्चाएको र महाकाली सन्धिमा हस्ताक्षर गरेको भन्दै केही नेताहरूको राष्ट्रवादमाथि पनि प्रश्न उठाएका छन्। यी विषयमा उनले सामाजिक सञ्जालमा व्यक्त गरेका दाबीहरू हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार