मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढीमा २० दिनदेखि फसेको कुकुरको उद्धार

meronepaltv
meronepaltv
5 दिन अगाडि
96
0
बूढीगण्डकी बाढीमा २० दिनदेखि फसेको कुकुरको उद्धार
सारांश

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदीपारि फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार गरिएको छ। गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुव...

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदीपारि फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार गरिएको छ। गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, जगतमा फसेको कुकुरलाई शुक्रबार धादिङको र्‍याफ्टिङ टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो।

एनिमल नेपाल नामक संस्था र चुमनुव्री गाउँपालिकासँगको समन्वयमा र्‍याफ्टिङ टोली जगत पुगेको थियो। सुरुमा हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिए पनि प्रतिकूल मौसमका कारण उडान सम्भव नभएपछि र्‍याफ्टिङ टोलीको सहयोग लिइएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

स्थानीय कमल कार्कीले पालेको उक्त कुकुर असोज २५ गते आएको बाढीका कारण बूढीगण्डकी नदीको पारिपट्टि फसेको थियो। बाढीले कार्कीको घरसँगै पुलसमेत बगाएपछि कुकुर नदी वारि आउन नसकेको स्थानीयले बताएका छन्।

स्थानीय गणेश कार्कीका अनुसार बाढी आउने खबर पाएपछि घरधनीहरू पुल तरेर सुरक्षित स्थानमा पुगेका थिए। त्यसको केही समयमै बाढीले घर र पुल दुवै बगाएपछि कुकुर नदीपारि नै छुटेको थियो।

बाढीले सो क्षेत्रमा चारवटा घर बगाएको थियो भने केही बाख्रासमेत फसेका थिए। फसेका बाख्राहरूको उद्धार प्रयास पनि भइरहेको बताइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार