मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालय बोलाए

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
72
0
आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालय बोलाए
सारांश

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्।

...

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्।

कार्कीले पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएसँगै प्रदेशका डीआईजीहरूलाई पनि काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएका हुन्। पीसीसीको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने गर्छन्। तर, यसपटक सातै प्रदेशका डीआईजीहरूलाई समेत प्रधान कार्यालय बोलाउनुको कारण भने खुलाइएको छैन।

प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई बुधबार नै काठमाडौं आउन भनिएको थियो। सोहीअनुसार केही अधिकारी प्रधान कार्यालय पुगिसकेका छन् भने केही आउने क्रममा रहेका छन्।

डीआईजीहरूलाई बोलाउनुको उद्देश्य र बैठकमा छलफल हुने विषयबारे भने थप विवरण सार्वजनिक भएको छैन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार